मुख्य समाचार

पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउँछ : शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउन स्पष्ट आरक्षणको व्यवस्था गर्न लागेको बताउनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीतिसम्बन्धी आजको बैठकमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

पोखरेलले मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ का रुपमा रहने पनि दाबी गर्नुभयो । त्यस्तै, उहाँले आगामी महाधिवेशनले ५० प्रतिशत महिलालाई नेतृत्वमा ल्याउने नीतिसाथ अघि बढ्ने पनि बताउनुभयो । महाधिवेशनले लोकतन्त्रको सुनिश्चत्ताका लागि प्रतिगामी कदमलाई निस्तेज पार्न स्पष्ट सन्देश दिने पनि बताउनुभयो ।

पोखरेलका अनुसार एमालेले मंसिर २७ गते हुने उद्घाटन सत्रमा जनसहभागिता जुटाउनका लागि मुख्यतः बागमती, गण्डकी र मधेस प्रदेशमा व्यापक रुपमा जनपरिचालन गरिने बताउनुभयो।

एमालेले प्रतिनिधी चयनदेखि नेतृत्व चयनसम्म लोकतान्त्रिक विधि अपनाउने पोखरेलको भनाइ छ । ‘पार्टीले नीतिमा छलफल नगरी नेतृत्वमा मात्र छलफल गर्ने तयारी गरेको छ भनेर पार्टीभित्रकै केही साथीहरुले भनेको सुन्छु’ महासचिव पोखरेलले भन्नुभयो, ‘नीतिका बारेमा हामीले भदौ २० देखि २२ गतेसम्म आयोजना गरेको विधान महाधिवेशनमा पर्याप्त छलफल गरेका छौं । त्यसैले अहिले नेतृत्वको बारेमा मात्रै छलफल र निर्णय हुन्छ ।’

पार्टी तथा नेतृत्वलाई धेरैतिरबाट प्रहार भइरहेकाले त्यसलाई रोक्नका लागि सबै एकजुट हुन उहाँले आग्रह गर्नुभयो । महासचिव पोखरेलले नेतृत्वविरुद्ध हुन सक्ने जस्तोसुकै प्रहारको सामना गर्न पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको बताउनुभयो ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले आगामी महाधिवेशनले देश र जनताको पक्षमा स्पष्ट सन्देश दिनेगरी तयारी भइरहेको बताउनुभयो । महाधिवेशन सफल पार्न पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुुक सबैको हातेमालोको खाँचो उहाँले औल्याउनुभयो ।

स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको प्रचार योजनाको खाका प्रष्तुत गर्नुभएको थियो । सो अवसरमा प्रचार कमिटीका सदस्य तथा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारको सहभागिता थियो ।

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...