मुख्य समाचार

उत्तराखण्डमा मन्दिरबाट फर्किरहेका यात्रु सवार बस दुर्घटना हुँदा ५ को मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा मन्दिरबाट फर्किरहेका यात्रु सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

उत्तराखण्ड राज्यको टिहरी जिल्लाको जनपदस्थित नरेन्द्रनगर क्षेत्रमा पर्ने कुंजापुरी–हिँडोलाखाल नजिक बस सडकदेखि तल खोंचमा खसेको हो ।

गुजरात र अन्य राज्यबाट आएका तिर्थयात्रु बसमा सवार थिए । टिहरी जिल्ला आपतकालीन प्रवन्ध अधिकारी वृजेश भट्टले उत्तराखण्डबाहिरबाट दुई वटा बसमा सवार भएर तिर्थयात्रु त्यहाँ पुगेका बताए । उनीहरू उत्तरखण्डको कुंजापुरी माता मन्दिर दर्शन गरेर फर्कंदै थिए ।

उनका अनुसार बसमा झण्डै १८ जना सवार थिए, जसमध्ये ५ जनाको मृत्यु भएको छ छ भने ४ जना घाइतेको अवस्था गम्भीर छ ।

जिल्ला नियन्त्रण कक्ष टिहरीका अनुसार बस लगभग ७० मिटर तल खोंचमा खसेको थियो । सबै घाइतेको उद्धार गरी नजिकैको अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जाल एक्समा लेख्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...

उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति

उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीनेकपाले मौन अवधिमा पार्टी नेतृत्व र उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। निर्वाचनको मौन...

निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा

निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा...