मुख्य समाचार

मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते

चितवन। ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको होे। ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...