मुख्य समाचार

जेनजीको नाममा उत्तेजना फैलाउन काम भयो : महेश बस्नेत

काठमाडौं। नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा उत्तेजना फैलाउन काम भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेका कार्यक्रमलाई जेनजीको नाममा ठाउँ ठाउँमा अवरोध गर्ने प्रयास भएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । जेनजीका नाममा आफूलाई जेनजीको अगुवा ठान्ने बालेन, कुलमान घिसिङ र सुधन गुरुङले षडयन्त्र गरिरहेका उहाँको भनाइ छ ।

‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षडयन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुधन गुरुङ हुन्, यिनलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ’, बस्नेतले भन्नुभयो ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउने युवाहरू प्रति कुनै आपत्ति नभएको बताउँदै उहाँले तर कार्यक्रम स्थल तर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गराएको उहाँले बताउनुभएको छ । सो काममा सहयोग गर्ने प्रहरी, प्रशासनलाई बस्नेतले धन्यवाद दिनुभएको छ । ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन’, बस्नेतको भनाइ छ ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...