जेनजी आन्दोलनमा लुटेका हतियार देखाएर लुटपाट, दुई पक्राउ
काठमाडौँ। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा प्रहरी कार्यालयबाट लुटेका हतियार देखाएर लुटपाट गरेको पाइएको छ।
पीडितले दिएको जाेहरीपछि पक्राउ परेका मानिसहरू प्रहरीबाट लुटिएका हतियार देखाएर लुटपाटमा संलग्न रहेको पाइएको हो।
विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौँका विभिन्न स्थानबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको बागमती गाउँपालिका ७ स्थायी घर भई हाल बागबजार बस्ने वर्ष २५ को निकेश बि.क र सोहो उमेरका सुरज विक रहेका छन्।
उनीहरूको साथबाट सीएफ ९८-९००१०४००८२३६नम्बरको पेस्तोल थान र सोहीको म्याग्जिन थान-१ तथा टीवाईपीई ५४ ५५०१११३३ नम्बरको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निकेश र सुरजले यही मंसिर ५ गते राति अन्दाजी २ बजेको समयमा काठमाडौंको बागबजारमा भोज डिलको फुड डेलिभरी गर्ने निरज चौधरीलाई बरामद भएको हतियार पेस्तोल देखाई नगद तथा जिन्सी लुटपाट गरेको पाइएको छ।
निकेश बिक २०८१ मंसिर ११ गते केन्द्रीय अनुसन्धान ब्युरोमा पेश भएको ख्याम नारायण सापकोटाको जाहेरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा फरार देखिएको छ।
यस्तै, निकेश बिक २०८१ भदौ ५ गते ई.प्र.का. गौशाला, महोत्तरीमा पेश भएको पुनम देवीको जाहेरीले चोरी सम्बन्धी कसूर मुद्दामा फरार देखिएको छ।
निजहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाइएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




