मुख्य समाचार

पाँच थान अवैध भरुवा बन्दुक बरामद

वैतडी।  जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरमा गोप्य सूचनाको आधारमा बिहीबार गरिएको खानतलासीबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

गोप्य सूचनामा भागीराम लुहारले घरमै भरुवा बन्दुक बनाउने गरेको बताएको छ । गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले घरमा छानबिन गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको निरीक्षक बडूले बताउनुभयो ।

बरामद भएका पाँच बन्दुकमध्ये तीन थान साबुत अवस्थामा छन् भने दुई थान बेसाबुत (अपूर्ण) अवस्थामा भेटिएको बडूले जानकारी दिनुभयो । भागीराम हाल उपचारका लागि भारतमा रहेको बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा पछिल्लो समय अवैध हतियार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । यसअघि गएको शनिबार पञ्चेश्वर गाउँपालिका–३ हल्दुविनायकबाट पनि एक थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियो ।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...