मुख्य समाचार

एनआरएनएलाई पार्टीको नबनाइदिनुहोलाः सञ्चारमन्त्री खरेल

काठमाडौं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ(एनआरएनए)लाई राजनितिक दलको नबनाउन आग्रह गर्नुभएको छ ।

आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताउनुभएको हो । उहाँले एनआरएनएका अभियन्ताहरु राजनितिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताउनु भयो । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उहाँको भनाई छ ।

मन्त्री खरेलले एनआरएनएलाई राजनीतिक दल र राजनितिमुक्त बनाउने अवसर यही भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरुले कायम गनुभएको थियो । पछिल्ला वर्षहरुम त्यो खस्किदै गयो । त्यो किन खस्कियो भन्दाखेरी एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरु राजनितिक दलका गुट र नेता भए । फलानो राजनितिक दलका एनआरएन, फलानो राजनितिक दलका एनआरएन भयो । तपाईहरु चोइटिनु भयो, तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । अब एउटा ठूलो अवसर आएको छ । पार्टीको एनआरएन नबनाईदिनुहोला । एनआरएनएलाई समग्र गैरआवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टीभन्दामाथी तपाईहरु उठ्दिनुभयो भने त्यो सम्भव छ ।’

उहाँले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकत्ता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...