मुख्य समाचार

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता, यस्तो छ सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ। दुई पार्टीबीच आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर  गरी एकीकरण गरिएको हो।

सहमति पत्रमा रास्वपाको तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले, भने विवेकशील साझाबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्। कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजित गरिएको थियो।

हस्ताक्षर पत्रमा मुख्य रूपमा निम्न बुँदाहरू समेटिएका छन्:

राजनीतिक सिद्धान्त र योगदानको मान्यता: रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार गर्दै वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा र ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने।

एकीकरणको नेतृत्व संरचना: रास्वपाको राष्ट्रिय महाधिवेशनसम्मको लागि बनाइएको ‘संघीय नेतृत्व मञ्च’मा विवेकशील साझाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने। मञ्च सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह रहने।

समायोजन र जिम्मेवारी: विवेकशील साझाका सदस्य र सल्लाहकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्दै जिम्मेवारी तोक्ने।

दलको नाम, झण्डा र चिन्ह: एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, झण्डामा निलो पृष्ठभूमिमा सेतो रङको गोलाकार मध्यभागमा निलो रङको घण्टीको आकृति, र दलको चिन्ह ‘घण्टी’ रहने।


कानूनी प्रक्रिया र सम्पत्ति व्यवस्थापन: निर्वाचन आयोग सम्बन्धी कानूनी प्रक्रिया पूरा गर्न आवश्यक दस्तावेज तयार गर्ने र दलका नाममा रहेका चल-अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने।

यस एकताको माध्यमबाट दलले लोकतान्त्रिक सुशासन र समुन्नतिको मुद्धा अघि बढाउने र अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने सहमति पनि भएको छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...