पुस २८ भित्र विशेष महाधिवेशन हुन कसैले रोक्न मिल्दैन: कांग्रेस महाधिवेशन पक्षधर
काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताउनुभएको छ।
कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आज संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताउनुभएको हो ।
ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठकमार्फत महाधिवेशनको कार्यतालिका तोक्न नसक्नु दुःखद भएको बताउँदै उहाँहरूले असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ ।
ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी यस्तो संवेदनशील समयमा दूत गतिमा निष्कर्षमा पुगेर अरूलाई समेत दिशानिर्देश गर्दै नयाँ ऊर्जाका साथ निर्वाचनको तयारीमा लाग्नुपर्नेमा महिनाँसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा अनिर्णयको बन्दी बन्नु अत्यन्त दुःखद विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीको महाधिवेशनको सम्भावनाको ढोका बन्द गर्ने गलत मनसायका साथ अनावश्यक रुपमा बैठक लम्ब्याउँदै गएको अरोप लगाइएको छ ।
फागुन २१ का लागि घोषित आम निर्वाचनमा नेपाली कांग्रेस नयाँ नेतृत्व र नीतिसहित नवीन ऊर्जा लिएर जानुपर्ने पक्षधरको माग छ । हस्ताक्षर गर्नेमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नवलपुरका सभापति महेन्द्रध्वज जिसी, बैतडीका सभापति चतुरबहादुर चन्द, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, धनकुटाका सभापति दिनेश राई, भोजपुरका सभापति विनोद वान्तवा र तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे हुनुहुन्छ ।
यस्तै, हस्ताक्षर गर्नेमा सुनसरीका सभापति केदार भण्डारी, उदयपुरका सभापति हिमाल कार्की, सप्तरीका सभापति रामदेव शाह, रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, काठमाडौँका सभापति सबुज बानियाँ, ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामालगायत हुनुहुन्छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




