मुख्य समाचार

कांग्रेसको १५औँ महाधिवेशन पुस २६–२८, यस्तो छ कार्यतालिका

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस २६देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका अनुमोदन गरेको हो।

बैठकमा प्रस्तुत पारित कार्यतालिका:

जन–सम्पर्क समिति अधिवेशन: पुस १५
– वडा अधिवेशन: पुस १६
-पालिका अधिवेशन: पुस १७
-प्रदेश सभा क्षेत्रीय अधिवेशन: पुस १९
-एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन: पुस २१
-एकभन्दा बढी क्षेत्र भएका जिल्लाको क्षेत्रीय तथा जिल्ला अधिवेशन: पुस २२
-प्रदेश अधिवेशन: पुस २३ र २४
-केन्द्रीय महाधिवेशन: पुस २६–२८

त्यसैगरी, केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल माघसम्म थप गर्ने निर्णय गरेको छ। योजना सहज बनाउने उद्देश्यले क्रियाशील सदस्यता व्यवस्थापन तथा विधान मस्यौदा सम्बन्धी दुईवटा समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...