मुख्य समाचार

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्नुपर्छ: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं। नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा गुरुङले यस्तो बताउनु भएको हो।

पूर्वसञ्चारमन्त्री समेत रहनु भएका गुरुङले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको संविधान र कानून मान्नै पर्ने बताउनु भएको हो । उहाका अनुसार, सञ्चारमन्त्री हुँदा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको थियो। तर हालैको जेन–जी आन्दोलनका कारण ती सञ्जाल खुला भए पनि भविष्यमा कुनै पनि दिन फेरि बन्द गर्नुपर्ने उहाको दाबी छ।

उपमहासचिव गुरुङले भनुभयो , “राष्ट्रिय स्वतन्त्रताको हिसाबले नेपालमा व्यवसाय गर्ने सबैले दर्ता हुनुपर्छ। नेपालको संविधान र कानून सबैले मान्नुपर्छ। साना व्यवसायले दर्ता गर्नु पर्छ भने अर्बौंको कारोबार गर्ने विदेशी कम्पनीले किन दर्ता नगर्ने?”

उहाँलेले भनेअनुसार , “हाल परिस्थितिले गर्दा मैले खोल्नुप¥यो, तर कुनै दिन फेरि बन्द गर्नुपर्छ। यदि बन्द भएन भने रेगुलेशन गर्नैपर्छ। रेगुलेशन अत्यन्त आवश्यक छ। नेपालीले नेपालमा व्यवसाय गर्दा दर्ता गर्नुपर्छ भने त्यत्रो अर्बौंको कारोबार गर्ने विदेशी कम्पनीले दर्ता नगर्नु उचित होइन।”

गुरुङले आगामी दिनमा दर्ता नभएका कम्पनीहरु बन्द गर्दा विकल्प दिने नीति अपनाइने पनि बताउनु भयो । उहाले ल वैकल्पिक एपहरू खुल्दै गए पनि राज्यले विदेशी कम्पनीहरूलाई नियमन गर्नैपर्ने दोहोर्याउनु भयो ।
उहाँको भनाइ अनुसार, सामाजिक सञ्जाललाई नियमन नगरी नेपालमा राष्ट्रिय स्वाधिनता र स्वाभिमान सुरक्षित रहन नसक्ने अवस्था छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...