विराटनगरबाट अवैध नगदसहित एक जना पक्राउ
विराटनगर। प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो ।
साहको साथबाट प्रहरीले ६ लाख ४९ हजार पाँच सय रुपियाँ नेपाली नोट बरामद गरेको छ । को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला परेपछि पक्राउ गरेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...
विष्णु पौडेलले निर्वाचनमा कति गरे खर्च?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई...
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...
बढ्यो नेप्से
काठमाडौँ। शेयर बजारमा मंगलबार साढे ७ महिनायताकै अधिक कारोबार भएको छ। २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको हो।...




