मुख्य समाचार

मलामी गएका एक युवक डुबेर बेपत्ता

कञ्चनपुर। कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३, तिलकपुरका २८ वर्षीय सनि दमाई महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो स्थानीय भाइ नाता पर्नेको मलामी गएका दमाई चिता जलाउने क्रममा नुहाउन गएका बेला भुजेला घाट स्थित महाकाली नदीमा चिप्लिएर बेपत्ता भएका थिए ।

युवक बेपत्ता भएपछि खोजीका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ सागर बोहराले बताउनुभयो । यसअघि गत मङ्सिर ९ गते महाकाली नदीमा पौडी खेल्न गएका बेला बेपत्ता भएका भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान मात्रै फेला परेको थियो ।

सम्बन्धित समाचार

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं। रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार...

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प...

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ ।...