आठ महिनाअघि पूर्वप्रहरी हबल्दारको हत्या आरोपित पक्राउ
लमजुङ । लमजुङमा आठ महिनाअघि पूर्वप्रहरी हबल्दार सीता धिताल कंडेलको हत्या गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका –७ का ४७ बर्षीय बुद्धिराम दराई रहेका छन् ।
बेसीशहर नगरपालिका –२ भकुण्डेस्थित अस्थायी प्रहरी बिटनजिकै घर हुनुभएकी ४७ बर्षीय सीता धिताल कडेँलको गत चैत ३१ गते शव फेला परेको थियो । गत चैत २६ गते कंडेलको घर आएका दराई राति सँगै सुतेर २७ गते विहान हत्या गरेर फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
विहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१ बेलहियाबाट पक्राउ परेका दराईलाई शुक्रबार सार्वजनिक गर्दै लमजुङ प्रहरीले उनीहरुको सम्बन्ध पुरानो रहेको बताएको छ ।
दराई यसअघि कर्तब्य ज्यान मुद्दामा जन्मकैद फैसला भई कारागार बसेको देखिन्छ । २०६७ मङ्सिर १२ गतेको कर्तब्य ज्यान मुद्दामा गोरखा अदालतबाट २०६८ असार २० गते जन्मकैद फैसला भएको थियो । २०७१ चैत १३ गते सर्वोच्च अदालतबाट १२ वर्ष कैद फैसला भएपछि दराई कैद भुक्तान गरी २०७६ असोज ३ गते धादिङ कारागारबाट छुटेका थिए ।
दराई र कंडेलबिच चितवन कारागार हुँदा चिनजान भएको थियो । दराई कारागारबाट छुटेपछि उनीहरुको नियमित भेटघाट भइरहेको भेटिएको प्रहरीले जनाएको छ । उनीहरुबिच शारीरिक सम्बन्धको साथै आर्थिक लेनदेनसमेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको मुख्य कारणबारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताउनुभयो । बोहोराले भन्नुभयो, “अहिले नै यही कारणले हत्या भएको भन्ने खुलेको छैन्, प्रारम्भिक अनुसन्धानमा दुवै जनाबिच मनमुटाव भई झगडा हुँदा हत्या भएको देखिन्छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




