मुख्य समाचार

देशका धरोहरमाथि प्रहार हुनुले गम्भीर संकट निम्तियो : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गतेबाट सुरु हुने पार्टी महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।

उहाँले अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ‘७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्ति’ भन्दै आगामी महाधिवेशनमा व्यापक उपस्थितिका लागि आह्वान गर्नुभएको छ । अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय बताउनुभएको छ।

उहाँले हालै प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर बनाइनु र अराजक समूहहरूको सक्रियता बढ्नु देशको स्थायित्वविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीका अनुसार देशका मुख्य धरोहरमाथि भएको आपराधिक आक्रमणमा कारबाही नहुनुले समाजमा भय र असहजता सिर्जना गर्ने अवस्था बनेको छ ।

निर्वाचन घोषणा भए पनि त्यसका पूर्व सर्तकारूपमा आवश्यक निर्भयताको वातावरण निर्माण नभएको भन्दै उहाँले स्थापित पार्टी, नेतृत्व र संविधानविरुद्ध निषेध र घृणाको राजनीति बढाइएको  बताउनुभएको छ । ‘लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधान विरुद्धका षड्यन्त्र परास्त गर्नु छ, यस्तो विशेष परिस्थितिमा हुन गइरहेको महाधिवेशनको ऐतिहासिक महत्त्व छ’, ओलीको अपिलमा उल्लेख छ ।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...