मुख्य समाचार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं ।  रौतहटमा शुक्रवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु  भएको छ । तीन जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका –६ मोतियाही पुलनजिक  गौर–चन्द्रनिगाहपुर सडक खण्डमा शुक्रबार दिउसो ४ः४० मा गौरबाट चन्द्रनिगाहपुरतर्फ जादैगरेको ना ४ ख ६५४७ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो । घटनामा मोटरसाइकल चालक रौतहट बृन्दावन –२  बिश्रामपुरका ४० बर्षिय नागेन्द्र पटेलको उपचारको क्रममा चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार पटेलको १५ बर्षिय छोरा प्रिन्सकुमार पटेल, १२ बर्षिय छोरा युवराज पटेल र ११ बर्षिय छोरी आकृति पटेल घाइते भइ चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि बिरगञ्ज पठाइएको उहाँले बताउनुभयो । दुबै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक लाबुङ्ले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...