मुख्य समाचार

कमलरीको समस्या सम्बोधनका लागि प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुक्त कमलरीको समस्या सम्बोधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा मुक्त कमलरी विकास मञ्चको १५ औँ साधारण सभामा उहाँले मुक्त कमलरीहरुको परिचय पत्रदेखि उनीहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको हो।

‘ मुक्त कमलरीको तथ्याङ्क आवश्यक छ । अझै धेरै मुक्त कमलरीहरूले परिचयपत्र नपाएको, सरकारी तालिम तथा अवसरबाट वञ्चित रहेको गुनासो आइरहेको छ, ’ मुख्यमन्त्री शाहले भन्नुभयो,‘मुक्त कमलरी परिचयपत्र वितरण र तालिम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । ’

मुक्त कमलरीहरुको अधिकार सुनिश्चित गर्न आवश्यक रहेको भन्दै उहाँले कमलरीसम्बन्धी कार्यविधिमा समावेश हुन छुटेका पक्षहरू संशोधनमार्फत तुरुन्त समेटिने स्पष्ट पार्नुभएको छ।

सम्बन्धित समाचार

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी...

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...