ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
बागलुङ। बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाका अनुसार घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




