जसपाद्वारा देशैभरिका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले देशभरिकै जिल्ला प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ । उक्त पार्टीले संविधान संशोधन तथा पुनर्लेखन गरी राष्ट्रिय समास्याको समाधान गरी मुलुकलाई निकास दिनुपर्ने र जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्नेलगायत २८ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको विज्ञप्तिमार्फत जनाएको छ।
यसअघि, जसपाले २८ बुँदे माग सार्वजनिक गर्दै शीघ्र कार्यान्वयनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यही मङ्सिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनका लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलनस्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ ।
विज्ञप्ति भनिएको छ, ‘जेनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनुपर्ने, जेनजी विद्रोहलाई दबाउन भएको दमन, त्यस क्रममा भएका हिंसा, हत्या, आगजनी विध्वंशजस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न हाम्रो माग छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...




