प्रमुख खवर

नेप्सेमा सुधार

काठमाडौँ। पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो ।

आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू. तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव ३१, वित्त शून्य दशमलव ४०, होटल तथा पर्यटन शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ८४, लगानी शून्य दशमलव १६ र जीवन बीमा शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...