हङकङमा लागुऔषध ओसारपसार गरेको आरोपमा नेपाली पक्राउ
काठमाडौं। हङकङमा लागुऔषध ओसारपसार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हङकङ प्रहरीले सञ्चालन गरेको दुई दिने अपरेसनका क्रममा हङकङ आईडी बोकेका ती नेपाली पक्राउ परेका हुन्। २१ वर्षीय उनलाई प्रहरीले युनलङको पाटह्युङबाट पक्राउ गरेको हो।
नार्कोटिक्स ब्युरोका अधिकारीले पश्चिमी जिल्ला, एबरडिन र प्याटह्युङमा पक्राउ परेका व्यक्तिद्वारा नियन्त्रित तीन शंकास्पद लागुऔषध भण्डारण केन्द्रमा छापा मारेका थिए। प्रहरी अपरेसन डिसेम्बर ८ र ९ मा चलेको थियो।
उक्त स्थानबाट ३.२ किलोग्राम केटामाइन, लगभग ३५० ग्राम कोकिन, लगभग ८,३०० एक्स्टेसी चक्की र केही मात्रामा मेथाम्फेटामाइन बरामद गरिएको प्रहरीले जनाएको छ। जसको अनुमानित मूल्य २३ लाख हङकङ डलर रहेको छ।
पक्राउ परेका व्यक्तिलाई खतरनाक लागुऔषध ओसारपसारको अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ। उनलाई भोलि (बिहीबार) बिहान चुनमुन मजिस्ट्रेट अदालतमा उपस्थित गराइनेछ।
ताजा अपडेट
-
१.
खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह
-
२.
सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल
-
३.
निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
-
४.
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
-
५.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...




