मुख्य समाचार

सुदूरपश्चिममा थपिए ४६ हजार २० जना नयाँ मतदाता

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिनुभयो।

‘निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हुँदैछ’, प्रमुख भट्टले भन्नुभयो ‘मतदाता दाबी विरोध, त्रुटी सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।’

गत असोज १० देखि मंसिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उनले जानकारी दिए ।

औंठाछाप र फोटोसहित राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइन विधिबाट नाम दर्ता गराउने व्यवस्थासमेत गरिएको थियो ।

सम्बन्धित समाचार

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...