राजनीतिक दलले केही गरेनन् भन्नू गलत : माधव नेपाल
नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक पार्टीले जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ।
नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक नेपालले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा धेरै राम्राराम्रा काम भएको दाबी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेला भए गरेका राम्रा र जनपक्षीय कामलाई जनतासम्म लैजाने बेला आएको बताउनुभयो ।
उहाँले जनताको अदालत भन्दा ठुलो अदालत अरु कुनै पनि नहुने जनाउँदै आफूहरु अहिले जनताको अदालतमा आएको प्रष्ट पार्नुभयो ।
नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको सो सन्देश सभामा नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा र युवा नेता अब्दुल हुसेन खाँ लगायतले सम्बोधन गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...




