निर्वाचनमा श्रम संस्कृति पार्टीको बहुमत आउँछ : हर्क साम्पाङ
धनकुटा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीले बहुमतको सरकार बनाउने बताउनुभएको छ।
धनकुटामा बिहीवार आयोजित पार्टीको बृहत् भेलालाई सम्बोधन गर्दै राईले पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको हो। उहााले देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै देशमा आफूभन्दा देशभक्ति कोही नभएको दाबी गर्नुभयो।
उहाँले पार्टी, जाति, धर्म, वर्ग र स्वार्थले छियाछिया पारेको देशलाई एउटै मालामा उन्न आफू लागिपरेको राईले बताउनुभयो। उहाँले एक्लैले केही गर्न नसकिने भएकाले पार्टी दर्ता गरेर आफू सियोको रूपमा अघि अघि जाने र सबैले धागो बनेर सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो।
राईले नेता जितिरहने जनता हारिरहने प्रवृत्तिको अन्त्य गर्ने बताउनुभयो। उहाँ विदेशिएका नेपालीलाई नेपाल फर्काएर श्रमदानमा लगाए परिवारसँगै बसेर देशको विकास हुने राईले बताउनुभयो।
धरान उपमहानगरका प्रमुख राईले श्रम गरेमा संसारको एक नम्बर देश बनाउन सकिने बताउनुभयो। राईले युगौँदेखि निदाइरहेका नेपालीलाई जगाउने काम आफूले गरेको बताउनुभयो। श्रम संस्कृति पार्टी धनकुटाको आयोजनामा भएको बृहत् भेलाअघि धनकुटा बसपार्कबाट र्यालीको आयोजना गरिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...




