जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्न लागेको छ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू अघि सार्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा, जनसभा गर्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो।
यस अघि सार्वजनिक गरेको संघर्षका कार्यक्रमअन्तर्गत आजदेखि सबै जिल्ला समितिहरूलाई जिल्लास्तरीय विरोध सभा तथा जन सभाका कार्यक्रमहरू गरी पार्टीले उठाएका माग र मुद्दालाई जनतासमक्ष पुर्याउन मातहत समितिलाई सर्कुलर गरिएको उहाँले बताउनुभयो।
पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय जनप्रदर्शन एवं विरोध सभाको कार्यक्रमको तय गरेको छ।
जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंसिर १० गतेदेखि संघर्षका कार्यक्रम गर्दै आएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...




