मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम थाल्न स्पष्ट निर्देशन दिनुभएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियस्तरमै चासो रहेको उल्लेख गर्दै मन्त्री घिसिङले अब थप कुनै बहाना वा ढिलाइ सह्य नहुने बताउनुभयो । पुलको डिजाइन परिवर्तन भई सडक विभागमा स्वीकृतिका लागि पुगेको जानकारी पाएपछि मन्त्री घिसिङले तत्काल डिजाइन स्वीकृत गरी निर्माण कार्य अघि बढाउन सडक विभागलाई समेत निर्देशन दिनुभयो ।
उहाँले ११ वर्षअघि सुरु भएको काम पुरानै डिजाइनमा पनि किन सम्पन्न भएन भनी प्रश्न गर्दै विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नभएको बताउनुभयो ।
विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी, हेटौँडासँग पहिलो सम्झौता भए पनि पुलको कामले गति लिन सकेन । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुनः सम्झौता भएको थियो । विसं २०७८ चैतमा सम्पन्न भइसक्नुपर्ने पुलको काम हालसम्म करिब ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय, दमौलीले जनाएको छ । हालसम्म दुवै किनारमा पिल्लर मात्रै ठडिएका छन् । पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने बुद्धसिंहमार्गको सबैभन्दा छोटो दूरी सुनिश्चित हुनेछ। १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको उक्त पुलको लागत सम्झौता बेला नौ करोड ५६ लाख रुपियाँ रहेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




