मुख्य समाचार

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ ।

समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित गर्दा आउने फरकलाई हेरेर निर्णय गरिने जानकारी दिएका हुन् । दुई ग्रन्थका आधारमा गरिएको गणितमा आफूले छ घण्टासम्मको फरक पाएको उनले बताए । यसको निर्णयका लागि यसै हप्ता पञ्चाङ्गकारसँग बैठक गरिने समितिले जनाएको छ ।

“सिद्धान्त ज्योतिषका विद्वान् नयराज पन्तले ग्रहण र ग्रहको उदयास्त दृक गणित र पञ्चाङ्ग ९पात्रो० सूर्य सिद्धान्तका आधारमा गर्नुपर्ने भन्नुभएको थियो, यो नै सही हो भन्ने मलाई लाग्छ, समितिमा आगामी वर्षका लागि स्वीकृति लिन पेस भएका पञ्चाङ्ग सूर्य सिद्धान्त र केतकी दुवै आधारमा गणना भई आएका छन्”, अध्यक्ष ढकालले भन्नुभयो।

समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले ग्रह गणितबाहेकका विषय शास्त्रीय आधारमा निर्णय गर्ने गरिएको बताउनुभयो। सूर्यास्तकालमा औँसी भएका दिन लक्ष्मीपूजाको निर्णय गर्दा कुकुर तिहारका दिन पनि पर्ने गरेको बताउँदै उनले शास्त्रले भनेका आधारमा नै यस्तो निर्णय हुने गरेको जानकारी गराउनुभयो।

 

सम्बन्धित समाचार

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...