दुई नाबालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने दुई युवक पक्राउ
काठमाडौं। झापाको भद्रपुरमा दुई नाबालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीय अक्षय सापकोटा र वडा नम्बर ३ बस्ने २३ वर्षीय विवेक राई रहेका छन्।
प्रहरीका अनुसार, साङ्केतिक नाम ब–१ (१५ वर्ष) र भ–१ (१३ वर्ष) गत मंसिर २७ गते घरबाट हिँडेका थिए। परिवारले खोजी गर्ने क्रममा मंसिर २९ गते उनीहरू फेला परेका थिए।
फेला परेका नाबालिकाहरूले आफन्तसँगको सोधपुछका क्रममा मंसिर २८ गते भद्रपुर बजारमा मेला घुम्न गएका बेला सापकोटा र राईले ललाई फलाई गरी अक्षय सापकोटाको घरमा पुर्याएको बताएको प्रहरीले जनाएको छ।
सोही दिन राति उनीहरूलाई छुट्टाछुट्टै कोठामा राखी जबरजस्ती करणी गरिएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...




