महाधिवेशनले परिवर्तको आकांक्षा पूरा गर्छ: ईश्वर पोखरेल पोखरेल
काठमाडौं। नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुर्नव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधवार निर्वाचनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार समेत रहनुभएका नेता पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनव्र्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यसैको लागि आफूहरुले उम्मेदवारी दिएको समेत दाबी गर्नुभयो। उहाँले पार्टी सञ्चालन सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘महाधिवेशनले परिवर्तनको अपेक्षा पुरा गर्छ भन्ने मैले अपेक्षा राखेको छु । किनभने हाम्रो प्रतिनिधि साथिहरु र देशव्यापी रुपमै हामीले पुर्नव्यवस्थित हुनुपर्छ भन्ने छ । मैले भन्दै आएको छु विचारमा पुर्नव्यवस्थित हुन जरुरी छ । संगठन र कार्यसम्पादन गर्ने शैलीमा समेत पुर्नव्यवस्थित गर्न जरुरी छ । पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आम प्रतिनिधिहरुको यही भावनालाई प्रतिनिधित्व गर्दै हामीले उम्मेदवारी दिएका हौँ ।’
उहाँले पदाधिकारीमा धेरै जनाको उम्मेदवारी परेको कारण मतदानमा लामो समय लागेको समेत बताउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...




