मुख्य समाचार
३ पुष २०८२ ७:५१
खबर सेवा · More from author
बाँकेमा ९९३ मतदाताको नामावलीमा दोहोरो नाम
खबर सेवा
नेपालगञ्ज। बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ ।
जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकाको रहेको उल्लेख गर्दै नाम दर्ताको रेकर्ड जिल्लामा नभएकाले दर्तामा दोहोरोपना देखिएको बताउनुभयो । “हामीले दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको बताउनुभयो । मतदाता नामावलीको दोहोरो नाम हटाउने काम पुस ५ गतेसम्म जारी रहने छ”, शाहीले भन्नुभयो ।
यसैबीच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराएअनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा केही तलमाथि हुन सक्छ, तर अन्तिम निर्णय १२ गतेपछि मात्रै हुन्छ । यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने छ ।”
यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
१.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
२.
निर्वाचन प्रहरी
-
३.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
४.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
५.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
३० फागुन २०८२ १४:०१
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
३० फागुन २०८२ १४:००
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
३० फागुन २०८२ १३:५९
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...
३० फागुन २०८२ १३:५८




