मुख्य समाचार

सुनचाँदी पसलमा गोली प्रहार गरी फरार व्यक्ति पक्राउ

घोराही।  दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी फरार रहेका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका कैदी रहेको खुलेको छ । प्रहरीले उक्त गोली प्रहार घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो ।

लुटपाट गर्ने उद्देश्यले सुनचाँदी पसलमा गोली प्रहार गरेर फरार रहेका केसीलाई शुक्रबार राजपुर गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार केसी जेनजी आन्दोलनका क्रममा गएको भदौ २५ गते तुलसीपुर कारागारबाट फरार भएका थिए। उहाँका अनुसार रुकुममा अपराधिक घटनामा संलग्न भएकोमा १५ वर्ष कैद सजाय भोगिरहेका केसीलाई २०८१ सालमा तुलसीपुर कारागारमा स्थानान्तरण गरिएको थियो ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जेनजी आन्दोलनका बेला कारागारबाट भागेका केसी केही समय भारतमा बसेको र स्वदेश फर्केर पुनः अपराधिक क्रियाकलापमा संलग्न भएका हुन् । जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले सुन किन्ने ग्राहकको रूपमा गइ गोली प्रहार गरी फरार भएका उपरीक्षक श्रेष्ठले भन्नुभयो,‘घटनापछि उनी लमजीकै होटेल प्यालेसमा आइ बसेको र सुनजाँदी पसलमा गोली चलाउन प्रयोग गरेको पेस्तोल त्यहीँ होटेलमा लुकाएर भागेका थिए ।’ मंसिर २७ गते होटेल प्यालेसमा कामदारले होटेलको कोठा सरसफाइ गर्ने क्रममा लुकाएर राखेको पेस्तोल पड्किँदा एक जना सामान्य घाइते भएका थिए ।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...