मुख्य समाचार

संसद् विघटनको विरुद्धमा रवि, `सहिदको रगत सुकेको छैन, आँखा नझिम्क्याउनू´

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै ‘नजिस्काउन’ चेतावनी दिनुभएको छ । थुनामुक्त भएपछि शनिबार (पुस ५) चितवनमा पहिलोपल्ट सार्वजनिक सम्बोधनमा उहाँले उक्त विद्रोहलाई कसैले जिस्काउने वा चलाउने आँट नगर्न चुनौती दिनुभयो।

भदौ २३ गते ताकीताकी गोली हानिएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेका उनले टिप्पणी गर्नुभयो, `जनताले गरेको विद्रोह हो,´ उहाँले भन्नुभयो, “त्यो विद्रोहलाई कतै कुनामा पसेर जिस्काउने, चलाउने आँट नगर है खबरदार !´

प्रतिनिधिसभा ब्युँताउनेतर्फ नलाग्न पनि उहाँले खबरदारी गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउने वा नचाउनेहरू हो, होसियार ! सहिदको रगत अझै सुकेको छैन । सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन, खबरदार !´

सम्बन्धित समाचार

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...