मुख्य समाचार

काठमाडौं १ बाट पशुपति शमशेर नउठ्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले काठमाडौं क्षेत्र नम्बर १ मा आफू उम्मेदवार नहुने बताउनुभईको छ

आफू काठमाडौं क्षेत्र नम्बर १ मा राम्रोसँग परिचित पनि नरहेको उहाँको भनाइ छ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाबाट काठमाडौं १ मा प्रत्यक्षतर्फ दुई वटा सूची सिफारिस भएको थियो।

एउटा सूची पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई पहिलो नम्बरमा राखेर सिफारिस छ भने अर्को सूची वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पहिलो नम्बरमा राखेर सिफारिस भएको छ। यसले पार्टीभित्र तरंग ल्याएको छ।

यसबीच वरिष्ठ उपाध्यक्ष मिश्रले पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई भेटेर यसबारे जिज्ञासा राख्नुभएको थियो र पशुपतिको भिडिओ क्लिप पनि सोमबार सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्नुभएको थियो।

जसमा पूर्वअध्यक्ष पशुपति शम्शेरले भन्नुभएको छ, `कस्तो कुरा गर्नुभएको, काठमाडौं क्षेत्र नम्बर १ मा म राम्रोसँग परिचित पनि छैन। हुन त काठमाडौं हरेक ठाउँ थाहा छ। जे भए पनि म त्यहाँ चाहिँ उम्मेदवार भएर उठ्ने मेरो कुनै नियत छैन।’

आफ्नो नाम काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस भएको विषयमा आफूलाई जानकारी पनि नरहेको उहाँको भनाइ छ। सोही क्षेत्रबाट मिश्रले उठ्ने आकांक्षा राख्नुभएको छ।

 

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...