मुख्य समाचार

११ औं महाधिवेशनको सन्देश प्रवाह गर्न एमालेका प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक आज,महासचिव पोखरेलले सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेले ११ औं महाधिवेशनको सन्देश देशैभरी प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समुहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लाग्नु भएको हो । दिउसो २ बजे पार्टी कार्यलयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ । ‘११ औं महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो’ अधिकारीले भन्नुभयो ‘महाधिवेशनले चुनेको नेतृत्व,यसको कार्यभार,वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रष्ट पार्नुहुनेछ ।’

एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि,पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन पठाउने भएको छ । कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।

सम्बन्धित समाचार

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...