मुख्य समाचार

कमल थापाको नाम काठमाडौं ५ र बाँके २ बाट सिफारिस

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम काठमाडौं -५ बाट एकल सिफारिस भएको छ ।

राप्रपा नेपाल काठमाडौं -५ को आज बसेको क्षेत्रीय कार्य समितिको बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो।

बैठकले समानुपातिकतर्फ जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ ।

यसैगरी आजै नेपालगन्जमा बसेको पार्टी कमिटी बैठकले बाँके -२ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस गरेको बाँके जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

उम्मेदवारहरुको नामावली सिफारिस देशब्यापी रुपमा भइरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...

रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा प्रचण्ड विजयी

काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...