मुख्य समाचार

विपद् जोखिम न्युनिकरणका लागि विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यमा ध्यान दिनुपर्छः दिनेशप्रसाद भट्ट

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले नेपालमा बाढी तथा विपद्जन्य क्षति कम गर्नको लागि एन्टिसिपेटरी एक्शन अर्थात विपद् आउनुअघि नै सम्भावित जोखिमको अनुमान गरेर गरिने पूर्वतयारी र रोकथामका कामहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

विपद् हुनुअघि नै त्यसको असर कम गर्ने उपाय पहिचान गरी सोहीअनुसार योजना बनाइ काम गर्नु नै एन्टिसिपेटरी एक्सन हो । कार्यकारी प्रमुख भट्टले यसअघि विपद्बाट क्षति भइसकेपछि मात्रै राहत तथा उद्धारकाका कार्यक्रम लिएर विपदग्रष्त क्षेत्रमा जाने गरेकोमा अब भने यो विधिलाई परिवर्तन गरी पूर्व तयारीमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रमुख भट्टले जलवायुजन्य विपद्को जोखिम छ भन्ने थाहा पाएर मात्रै नहुने र पूर्वकार्य तथा प्रतिकार्य गर्नुपर्ने बताउनु भयो । बाढी वा पहिरो आउँछ भन्ने थाहा पाएपछि उक्त क्षेत्रमा बसिरहेका समुदायका नागरिकलाई सुरक्षित क्षेत्रमा लैजाने, त्यहाँ पनि बसोबास, खाद्यान्न र शौचालयको व्यवस्था गर्ने कुरा पूर्वकार्यमा पर्दछ ।
उहाँले भन्नुभयो,‘यस्तो हुन्छ है भनेर थाहा पाएर मात्रै भएन, यसो हुन्छ भन्ने थाहा पाएपछि पूर्व तयारी पनि गर्नुप¥यो जसले मानवीय क्षतिलाइ कम गरेर ल्याउँछ भने अन्य क्षतिलाई पनि कम गर्दछ ।’

विपद्जन्य जोखिमबाट हुने मानविय तथा भौतिक क्षतिलाइ न्युनिकरण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्राधिकरणले पूर्वसूचना प्रणालीको विषयलाई पनि प्राथमिकतामा राखेको बताउनु भयो । विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य सम्बन्धी राष्ट्रिय कार्यढाँचा पूर्वतयारीमा केन्द्रित भएको भएपनि पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाउन पनि काम भइरहेको उहाँको भनाइ छ । सबैमा सजिलै कसरी सूचना पु¥याउने भन्नेमा गहन ढंगले काम भइरहेकै कारण यस वर्षको मनसुनमा विगतका वर्षहरुमा भन्दा क्षति कम भएको उहाँको दाबी छ।

उहाँले भन्नुभयो,‘अर्लि वार्निङ फर अल सबैकहाँ सूचना कसरी पु¥याउने भनेर पनि काम भइरहेको छ, यसले विपद् न्युकिरणमा मद्दत पुग्छ भन्ने विश्वासका साथ यो कार्यढाँचा ल्याईएको हो ।’

पूर्वतयारी र पूर्वसूचनालाई बलियो ढंगले अघि बढाउनसके मात्रै विपद् न्युनिकरण गर्नमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । विपद्बाट धेरै प्रभावित रहने नेपाल जस्तो देशका लागि भने पूर्वतयारी सधैँ आवश्यक रहने भएकाले तीन तहकै सरकार, सुरक्षा निकाय र नागरिकको सहकार्यमा सधै पूर्वतयारी र पूर्वकार्यको काम गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...