राप्रपासँग एकताअघि राप्रपा नेपालको समापन बैठक राख्दै कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।
अध्यक्ष कमल थापाले पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो। उहाँका अनुसार, पुस १५ गते दिउँसो १ बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बस्नेछ।
राप्रपासँग हुने एकता घोषणा सभाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री बर्तौलाले बताउनुभयो। राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते एकता घोषणा हुँदैछ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष थापाबीच दुवै पार्टीबीच एकीकरण गर्ने सहमति भइसकेको छ। दुवै अध्यक्षले बुधबार सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
मध्यपूर्वको तनावप्रति गगन थापाद्वारा चिन्ता व्यक्त
-
५.
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...
रुकुम पूर्वमा प्रचण्ड विजयी
काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...
मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि
विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...




