मुख्य समाचार

पुस २० देखि मेची-महाकाली अभियान चलाउँदै विप्लव माओवादी

काठमाडौँ । नेकपा माओवादीले पुस २० गतेदेखि मेची–महाकाली युवा अभियान चलाउने निर्णय गरेको छ । काठमाडौँको बुद्धनगरमा बिहीबार बसेको केन्द्रीय समितिको विशेष बैठकले मेची–महाकाली अभियान सहित विभिन्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले देशमा विदेशी साम्राज्यवादी हस्तक्षेप बढेको निष्कर्ष निकाल्दै देशव्यापी संघर्षको कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो।

‘देशमा साम्राज्यवादी विदेशी हस्तक्षेप बढेको छ । फागुनमा हुने चुनावले समस्याको निकास दिँदैन । भ्रष्टाचार, बेथिति अन्त्य गरी नव दलाल, विदेशी हस्तक्षेप अन्त्य गर्न नयाँ विचार र नयाँ रोडम्याप चाहिएको छ । त्यसका लागि नेकपा माओवादीले स्पष्ट खाका पेस गर्छ’, उहाँले भन्नुभयो।

अहिलेको सरकारले समस्याको निकास नदिने भएकाले सुशासन, संविधान पुनर्लेखन लगायत विषयमा संघर्ष गर्नुपरेको विश्वकर्माले स्पष्ट पार्नुभयो।

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा

थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी...

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...