मुख्य समाचार

अब पार्टीमा विशेष महाधिवेशन जरुरी भयो ; गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन अब अनिवार्य भएको बताउनुभयो।

शुक्रवार पार्टी कार्यालय, सानेपामा विशेष महाधिवेशन पक्षधरहरूको माग पत्र बुझेपछि थापाले पार्टी केन्द्रीय कार्य समितिले अव विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिनुभयो। महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको बताउनुभयो।

‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौँ। पार्टीको विधान नमान्ने अधिकार सुविधा हामी कसैलाई छैन,’ थापाले भन्नुभयो, ‘पार्टीको विधानले नै एउटा विशिष्ट व्यवस्था गरेको छ। विधानको धारा १७ (२) ले नेपाली कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनु पर्दछ। त्यो अनिवार्य छ। त्यो ऐच्छिक विषय होइन।’

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ । यद्यपि तेहरानले भने...