मुख्य समाचार

बेपत्ता देवानसिंह मृत भेटिए

काठमाडौँ। यही पुस ९ देखि बेपत्ता बैतडीको शिवनाथ गाउँपालिका २ सनकोटका ५१ वर्षीय देवानसिंह साउद शुक्रबार मृत फेला परेका छन्। उनी स्थानीय गिठीखोला भिरमा मृत भेटिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो।

गत बुधबार स्थानीय बजारमा मासु ल्याउन भनी घरबाट निस्केका देवानसिंह नफर्केपछि खोजतलास गर्दै जाँदा शुक्रबार अपराह्न मृत फेला परेका हुन्। उनको मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन्। रासस

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...