११ औं महाधिवेशनपछि पहिलो पटक एमाले सचिवालयको बैठक आइतबार
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर आइतबार बैठक बोलाइएको हो।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिनुभयो। एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिती र आज प्रधानमन्त्रीले शिर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकमा जानकारी गराउने कार्यसूची छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि आइतबार समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिव सहितका नेताहरुले नामको छोटो सूची तयार गर्नुभएको छ। भोलीको बैठकमा विभिन्न नेताहरुले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर भोलि नै निर्वाचन आयोगमा बुझाउने तयारी छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...




