सहमतिपछि ‘देशले चाहिएको जस्तो सहमति’ भन्दै हौसिए रवि, बालेनको के छ प्रतिक्रिया?
काठमाडौँ। भावी दिनमा एकसाथ जाने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ। उहाँहरूबीच आज बिहान भएको सहमतिअनुसार भाबी प्रधानमन्त्रीका उम्मेदवार बालेन हुनुहुने छ भने पार्टी अध्यक्ष लामिछानेलाई मानेर जाने सहमति भएको छ।
सहमतिपत्रपछि दुवै नेताले खुसीको सन्देश प्रवाह गर्नुभएको छ। सभापति लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताउनुभएको छ।
उहाँले सामाजिक सन्जालमार्फत आफूहरूले देशलाई चाहिएको जस्तो सहमति गरेको दाबी गर्नुभएको छ। पुराना शक्तिको विरुद्धमा आवाज उठाउँदै आउनु भएका लामिछानेले विगतमा नेताले चाहेअनुसारको मात्र सहमति हुने गरेको भन्ने कुरामा व्यंग्य गरेको जस्तो देखिन्छ। मेयर बालेनले भने सामाजिक सन्जालमा शुभ प्रभात मात्र लेख्नुभएको छ।
यद्यपि, रविसँग आफूले गरेको संयुक्त हस्ताक्षर पत्रको तस्बिर समेत बालेनले सार्वजनिक गर्नुभएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा
काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी...
पोखरीमा मृत भेटिएको शवको भएन सनाखत
सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...
कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...
नेप्सेमा गिरावट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...




