मुख्य समाचार

रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन

फिदिम। पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन भएको छ ।

ज्यान गुमाउनेमा फिदिम ४ थापाटारका ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

शनिबार बिहान घाँस काट्न जानु भएका थापा साँझसम्म घर नर्फेपछि खोजतलास गर्ने क्रममा आफन्त र छिमेकीले मृत अवस्थामा फेला पारेका थिए ।

खबर पाए लगत्तै पुगेको प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीको भनाई छ ।करिब २५ फिट अग्लो टाँकीको बोटमा घाँस काट्ने क्रममा थापाको रुखदेखि खसेर ज्यान गएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

संघीय संसदको अधिवेशन आगामी १९ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै...

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...