एमालेको समानुपातिक उम्मेदवार : बादलदेखि पद्मासम्म
काठमाडौं । नेकपा एमालेले समानुपातिक प्रतिनिधित्वतर्फ उम्मेदवार चयन गर्दा तीन पुस्ताको समायोजन गरेको छ । पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र समावेशीतालाई सन्तुलित ढंगले अघि बढाउने प्रयास सूचीमा देखिन्छ ।
पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कडेललगायतका नेताहरू समेटिएका छन् । महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता छ ।
पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना प्रतिनिधित्वमा परेका छन् । अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराल पनि समानुपातिक सूचीमार्फत समावेश गरिएको एमालेले जनाएको छ ।
नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवालगायतका युवा नेताहरू पनि सूचीमा अटाएका छन् । दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत युवा तथा समावेशी अनुहारलाई अवसर दिइएको छ ।
एमालेको यो समानुपातिक सूचीले पुस्तान्तरण, समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई एकसाथ अघि बढाउने प्रयास गरेको सन्देश दिएको छ ।
मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवना
कास्की जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार...
गोरखा दुर्घटना : मृत १० जना नै भारतीय नागरिक
काठमाडौँ। शनिबार राति गोरखामा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक भएको खुलेको छ। मनकामना दर्शन गरेर फर्केका...
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




