विदेशी नेपाली श्रमिकको मताधिकार सुनिश्चित गर्न माग
काठमाडौं। जनपक्षीय ट्रेड युनियन महासङ्घले विदेशमा रहेका करिब ३० लाख नेपाली श्रमिकलाई यसै प्रतिनिधि सभा निर्वाचनमा मताधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
सोमबार महासङ्घका अध्यक्ष कुमार घताने र महासचिव राजेन्द्र सापकोटा नेतृत्वको मजदुर प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै यो माग अघि सारेको हो।
ज्ञापनपत्रमा विदेशमा रहेका श्रमिकको मताधिकार सुनिश्चित गर्नुका साथै मजदुरको न्यूनतम तलब ४० हजार रुपैयाँ, जनविरोधी ट्रेड युनियन ऐन खारेज, र सैनिक, प्रहरी र सरकारी कर्मचारीको तलब दोब्बर गर्नुपर्ने लगायत २३ बुँदे मागहरू समावेश छन्।
महासङ्घले सरकारले यी जनपक्षीय मागहरू समयमै सम्बोधन नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ। विज्ञप्तिमा भनिएको छ, “उपरोक्त मागहरू नेपाली समाजको दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। यदि सरकारले ठोस कदम नचाले, शान्तिपूर्ण तर प्रभावकारी आन्दोलन अघि बढाउन बाध्य हुनेछौँ।”

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन
काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ। एनआरएनएको उक्त सम्मेलन फागुन...
एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ...
एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन
काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण...
एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात्...




