मुलुक निर्वाचनमय हुँदैछः उपसभापति अर्याल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । सरकार, राजनीतिक दल, निर्वाचन आयोग लगायतका संवद्ध पक्षका कारण मुलुक निर्वाचनतर्फ केन्दित भएको समेत उहाँले बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उपसभापति अर्यालले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गर्न सफल भएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो । उहाँले कृषि, पर्यटन उद्योग, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनुभयो।
उपसभापति अर्यालले मुलुकको आर्थिक विकासका लागि कर्मचारीतन्त्रको सुदृढिकरणमा जोड दिनुपर्ने आवश्यक्ता समेत औँल्याउनु भयो ।
उहाँले भन्नुभयो,‘देश चुनाव केन्द्रित भएको छ । देश निर्वाचनमय हुँदैछ । यसका लागि म नेपाल सरकार, सरकारको जिम्मेवार पक्षहरु निर्वाचन आयोग, नागरिक समाज, सम्बन्धित राजनीतिक दलहरु सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु । नेपालको उच्च सम्भावना भएका क्षेत्रहरु, कृषि पर्यटन उद्योग, ऊर्जा, सूचना प्रविधि, जसले दिगो रोजगार र आर्थिक विकासको बाटो खोल्दछ । डिजिटल अर्थतन्त्र र युवा उन्मुख व्यवसायहरु आइसिटी जस्ता व्यवसायहरुले नयाँ अवसर सृजना गर्दैछ । जुन देशको जिडिवीमा योगदान दिन सक्षम छ । नीति स्थिरता, व्युरोक्रेसी सहजता, कर र व्यापार नियमहरुलाई सरल बनाउने र ट्रान्सपरेन्सीलाई बढवा दिँदा त्यसले निजी लगानीलाई भरोसा दिन्छ । घरेलु तथा विदेशी लगानीलाई आकर्षित गर्न ऊर्जा, यातायात, पूर्वाधारलगायतलाई अझ सृदृढ बनाउनु पर्दछ ।’
उपसभापति अर्यालले कर र व्यापारका नियमहरुलाई सहज बनाउन सके मुलुकमा बाध्य लगानी भित्र्याउन सकिने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...
कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...




