मुख्य समाचार

निवर्तमान गृहमन्त्री लेखकको स्थान हद फुकुवा, विदेश जान पाउने

काठमाडौं। पूर्वगृहमन्त्री रमेश लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो ।

आयाेगले भदाै २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेकाे थियाे।

उक्त निर्णय उपर लेखककाे बयान सकिएकाले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भएकाे आयाेगले जनाएकाे छ ।

आयाेगले लेखककाे भ्रमण र स्थानहद फुकुवा गरेकाे निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा जानकारी गराएकाे छ । भदाै २३ गतेको घटना हुँदा लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेकाले घटनाकाे छानविन गर्न आयाेगले उहाँकाे बयान लिएकाे थियाे ।

सम्बन्धित समाचार

ठूलो परिमाणको गाँजासहित २ पक्राउ

ठूलो परिमाणको गाँजासहित २ पक्राउ

काठमाडौं । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन्...

खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई

खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई

संखुवासभा । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु...

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने...

भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना

भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना

काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...