मुख्य समाचार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं। ​झापाको मेचीनगर नगरपालिका-६ स्थित कालीखोला पुलमा बिहीबार बेलुका ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका-६ निवासी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन्। तत्काल आम्दा अस्पताल (धुलाबारी) लगिए पनि राति चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। मृतकको शव हाल त्यही अस्पतालमा छ।

ठक्कर दिने ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र चालक हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन्।

प्रकाशित: पुस १८, २०८२ शुक्रबार ८:२८
48
Shares

सम्बन्धित समाचार

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...