प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार सिफारिस गर्न जसपा नेपालको निर्देशन
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न पार्टीका प्रदेश तथा जिल्ला समितिलाई निर्देशन दिएको छ।
पार्टी विधानको धारा ११७ को उपधारा (३) अनुसार उम्मेदवारसम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार छनोट गरी नामावली पठाउन निर्देशन दिइएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पुस १६ गते जारी परिपत्रअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउन भनिएको छ।
सिफारिस गरिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि, पार्टीमा पुर्याएको योगदान तथा संगठनात्मक भूमिकासमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ।
उम्मेदवारहरूको अन्तिम निर्णय भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले गर्ने पार्टीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...




