मुख्य समाचार

गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

गुल्मी । गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । यस जिल्लाको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी छाप इश्मा भित्री कच्ची सडक खण्डमा राम्चेबाट पुर्कोटतर्फ जाँदैगरेको सिद्ध ईलिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार बिहान करिब ७ः४० बजेको समयमा विद्यार्थीहरु लिएर पिकनिकका लागि जाने क्रममा धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ वर्षीय चुराबहादुर थापाले चलाउनुभएको लु.प्र.०१–०० ख ०३५५ नम्बरको भाडा बसले र लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मोटरसाइकल चालक मालिका गाउँपालिका– ६ मौवाका वर्ष ३६ वर्षीय बसन्त अर्याल र सोही मोटरसाइकलो पछाडी सवार निजको भाउजु अन्दाजी ५५ वर्षीय मनकला अर्याल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गाबहादुर सारुले जानकरी दिनुभयो । यसैगरी निज मनकला अर्यालको नाति अन्दाजी ५ वर्षका अनुभव गिरी घाइते हुनुभएको छ ।

बसमा सवार मालिका गाउँपालिका–६ राम्चेका अन्दाजी ४१ वर्षीय शिक्षिका लिलावति अर्याल समेत सामान्य घाइते हुनुहुन्छ । घाइतेहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल गुल्मीमा पठाएको छ । बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ...

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

कांग्रेसको देउवा पक्षले बोलायो केन्द्रीय कार्य समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पूर्वगृहमन्त्री रमेश...

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...